उपसभामुख इन्दिरा रानालाई पदमुक्त गर्ने चलखेल सुरु, दबाब बढाउँदै सत्ता गठबन्धन

डिसी नेपाल
२५ भदौ २०८१ १४:०२
356
Shares

काठमाडौं। अमेरिकी दूतावासलाई भिसा उपलब्ध गराउन लेखेको पत्र बाहिरिएपछि विवादमा तानिएकी उपसभामुख इन्दिरा रानालाई पदमुक्त गर्ने चलखेल सुरु भएको छ।

उपसभामुख रानाले संसदीय मर्यादा विपरित क्रियाकलाप गरेको भन्दै उनी आफैंले पद त्याग गरी मार्गप्रशस्त गर्न सत्तारुढ दलले दबाब बढाएका छन्।

एमालेका सचेतक महेश वर्तौलाले संसदीय मर्यादा विपरीत अमेरिकी दूतावासलाई भिसा उपलब्ध गराउन उपसभामुखले पत्र लेख्नु अन्तराष्ट्रिय जगतमै बेइज्जत भएको बताउँछन् । यो विषय संसदमा उठेको र उक्त मर्यादित पदका लागि राना अयोग्य भएकाले पद छाडेर मार्गप्रशस्त गर्नुपर्ने उनको तर्क छ।

उनले डिसी नेपालसँग भने, ‘उहाँ(उपसभामुख)ले संसदीय मर्यादाको उपहास गर्नु भएको छ । तसर्थ आफैले पद त्यागेर मार्ग प्रशस्त गर्नुपर्छ। ’

प्रमुख सचेतक वर्तौलालो नैतिक प्रश्न उठिसकेपछि पदमा बस्न नमिल्ने जिकिर गरे। अमुक व्यक्तिलाई भिसा दिलाउन उपसभामुखकै लेटरप्याडको दुरुपयोग समेत भएकाले उनी पदमा बस्न अयोग्य रहेकाले मार्गप्रशस्त गर्न जरुरी रहेको उनले बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *