उपसभामुखलाई महाभियोग लगाए मान्य नहुने रास्वपाको चेतावनी

डिसी नेपाल
२५ भदौ २०८१ १४:०५
24
Shares

काठमाडाैं। राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुखलाई महाअभियोग लगाउने कुरा मान्य नहुने चेतावनी दिएका छन्।

मंगलबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै रास्वपा प्रमुख सचेतक सन्तोष परियारले उपसभामुखलाई महाअभियोग लगाउने खवर सुनेको भन्दै त्यस्तो कदम चालिए मान्य नहुने बताए।

उनले उपसभामुखलाई महाअभियोग लगाएर लोकतन्त्रमाथि धावा नबोल्न चेतावनी समेत दिए। संख्या र सत्ताशक्तिका नाममा राज्य चलाउने बुझाइ हो भने सार्वभौम जनताको अगाडि कुनै सत्ता नटिक्ने उनले बताए।

तत्कालका सहजताका लोकतन्त्र बिपरितको काम गरे आगामी दिनमा आफूले खनेको खाल्डोमा आफैं पार्न सक्ने तर्फ उनले सजक गराए। यसअघि सोमबार बसेको सत्तागठबन्धनको बैठकमा उपसभामुखलाई महाअभियोग लगाएर पदबाट हटाउने बिषयमा छलफल भएको बताइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *