पूर्वश्रीमतीको विषयमा आफूलाई नजोड्न धनराज गुरुङको आग्रह

डिसी नेपाल
२५ भदौ २०८१ १४:३७
164
Shares

काठमाडौं। नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले आफ्नी पूर्वश्रीमती ज्योति गुरुङले सहकारी ठगी गरेको विषयमा आफूलाई जोड्न नहुने बताएका छन्।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै सांसद गुरुङले आफूमाथि तत्काल छानबिन अगाडि बढाउन माग गर्दै आफ्नो २०७६ मै ज्योतिसँग डिभोर्स भएकाले यस प्रकरणमा आफूलाई जोड्नु गलत भएको बताएका हुन्।

सांसद गुरुङले पूर्वश्रीमती ज्योतिसँग आफ्नो सम्बन्ध खराब भएकै कारणले डिभोर्स गरेको भन्दै नक्कली डिभोर्स भन्दै गरिएको टिप्पणी प्रमाणित गर्न चुनौती दिएका छन्।

उनले आफूमाथि यसअघि लागेको आरोप पनि छानबिनपछि आरोपमुक्त भएको बताउँदै आफ्नो बारेमा छानबिन गरेर आफूमाथि लागेको आरोपलाई गलत साबित गरिदिन सभामुख र सरकारसँग माग गरेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *