राजस्वको लक्ष्य पूरा गर्नेगरि काम गर्न कर्मचारीलाई निर्देशन
काठमाडाैं। उपप्रधान एवं अर्थमन्त्री बिष्णु पौडेलले राजस्वको लक्ष्य पूरा गर्नेगरि काम गर्न कर्मचारीलाई निर्देशन दिएका छन्।
बिहीबार काठमाडौंमा भन्सार व्यवस्थापन गोष्ठमा बोल्दै पौडेलले भन्सारमा कुनै पनि दुरुपयोग स्वीकार्य नहुने भन्दै राजस्वको लक्ष्य पुरा गर्नेगरि काम गर्न निर्देशन दिएका हुन्।
उनले गत बर्ष गरेका प्रगतिभन्दा बढी नै काम गरेर देखाउन आग्रह गरे। मुलुकको राजस्व परिचालन भए मुलुकको अर्थतन्त्र सुधार गर्न सकिने उनले बताए।
उनले भन्सार विभागका सबै कर्मचारी उच्च मनोबलका साथ काम गर्न निर्देशन समेत दिँदै भन्सारको दुरुपयोग सम्भव छैन भन्ने सन्देश दिन जरुरी रहेको उल्लेख गरे।
अर्थमन्त्री पौडेलले सेवाग्राहीहरूप्रति मैत्रीपूर्ण व्यवहार गर्दै गुनासो आउने अवस्थाको अन्त्य गर्न पनि आग्रह गरे।
No ads found for this position

डिसी नेपाल
Facebook Comment