कोशी सरकारमा कांग्रेस सहभागी, शेखर समूहको प्रतिनिधित्व भएन

डिसी नेपाल
२८ भदौ २०८१ १०:५६
72
Shares

काठमाडौं। नेपाली कांग्रेस इतर समूहको प्रतिनिधित्वबिना कोशी प्रदेश सरकारमा सहभागी भएको छ।

शुक्रबार कांग्रेसका तर्फबाट तीन मन्त्री र एक राज्यमन्त्रीले शपथ ग्रहण गर्दा शेखर समूहका कुनै पनि नेता मन्त्री र राज्यमन्त्रीमा परेका छैनन्। कांग्रेस सरकारमा सहभागी भएसँगै प्रदेश सरकारले पूर्णता पाएको छ।

कोशी प्रदेश सरकारमा कांग्रेसबाट भुपेन्द्र राईको नेतृत्वसहित तीन मन्त्री र एक राज्यमन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन्। राईले भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी पाएका छन्।

त्यस्तै, खगेनसिंह हाङगाम उद्योग कृषि तथा सहाकारी मन्त्री बनेका छन्।

सदानन्द मण्डल पर्यटन, वन, वातावरणमन्त्री र भूमि राजवंशीले भौतिक पूर्वाधार राज्यमन्त्रीको सपथ लिएका छन्। प्रदेश प्रमुख परशुराम खापुङले उनीहरुलाई पद तथा गोपनीयताको शपथ गराए। यो सँगै कोशी प्रदेश सरकार दुई राज्यमन्त्रीसहित १० सदस्यीय बनेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *