एन्फा महिला लिगः सुदूरपश्चिम पराजित
काठमाडौं। एन्फा महिला लिगमा सुदूरपश्चिम प्रदेशले अर्को हार व्यहोरेको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुक्रबार भएको खेलमा सुदूरपश्चिम प्रदेश चन्द्रपुर नगरपालिकासंग पराजित भएको हो। चन्द्रपुरले ४–० गोल अन्तरले सुदूरपश्चिमलाई पराजित गर्न सफल भयो।
चन्द्रपुरका लागि अनिता राना मगरले खेलको तेश्रो मिनेटमा, रजनी थोकरले १५, अलिना चौधरी ६३, सजनी थोकरले ८९ औं मिनेटमा गोल गरेकी थिइन्।
जितसँगै चन्दपुरले चार खेलबाट पाँच अंक जोडेको छ। सुदूरपश्चिम भने अंकविहीन रहँदै तालिकाको पुछारमा छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment