भोटेकोशीमा गाडी खसेको आशंका, खोजी कार्य जारी
सिन्धुपाल्चोक। सिन्धुपाल्चोकको भोटेकोशी नदीमा गाडी खसेको आशंकामा गरिएको छ ।
बाह्रबिसे नगरपालिका वडा नम्बर ६ बरन्डा टोलस्थित सडकबाट गाडी भोटेकोशी नदीमा खसेको आशंका भएपछि प्रहरीले खोजी शुरु गरेको छ। शुक्रबार दिउँसो स्थानीयले दुई वटा टायर देखेको भन्दै प्रहरीलाई खबर गरेपछि क्रेनको सहारामा खोजी शुरु गरिएको हो।
बोलेरो गाडी खसेको हुनसक्ने अनुमानका आधारमा प्रहरीले खोजी शुरु गरेपनि भोटेकोशी नदीको बहाव बढी रहेकाले खोजी गर्न समस्या भएको प्रहरीले बताएको छ।
नदीमा खसेको भनिएको बोलेरो गाडी र त्यसमा रहेका यात्रुको बारेमा भने अहिलेसम्म स्पष्ट जानकारी प्राप्त नभएको प्रहरीले जनाएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment