काभा महिला भलिबलः पुलिसले श्रीलंकाको एयर फोर्सलाई हरायो
काठमाडौं। विभागीय टोली नेपाल पुलिस क्लबले सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला क्लब च्याम्पियनसिपमा श्रीलंका एयर फोर्सलाई पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ।
माल्दिभ्सको राजधानी मालेमा आज भएको खेलमा पुलिसले श्रीलंका एयर फोर्सलाई ३–० को सोझो सेटमा पराजित गर्दै जित हासिल गरेको हो। पुलिसले श्रीलंका एयर फोर्समाथि पहिलो सेट २५–१६ ले जित्यो भने खेलको दोस्रो सेट २५(२० ले आफ्नो पक्षमा पार्यो। त्यसैगरी, खेलको तेस्रो तथा अन्तिम सेट २५–२१ ले आफ्नो पक्षमा पार्यो। यसअघि हिजो भएको पहिलो खेलमा पुलिसले उज्वेकिस्तानको हुमो क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो।
उक्त प्रतियोगिताअन्तर्गत आफ्नो तेस्रो खेलमा पुलिसले भोलि ताजकिस्तानको भिसी डाइमेडसँग प्रतिस्पर्धा गर्नेछ। गत चैतमा भएको महिला भलिबल लिगमा एभरेस्ट भलिबल क्लबलाई हराउँदै पुलिस च्याम्पियन बनेको थियो। पुलिस लिग विजेताको हैसियतामा काभा महिला क्लब च्याम्पियनसिपमा खेल्न माल्दिभ्स पुगेको हो।
No ads found for this position


डिसी नेपाल
Facebook Comment