एन्फा महिला लिगः वालिङसँग सुदूरपश्चिम पराजित
काठमाडौं। राजधानीमा जारी एन्फा महिला लिगमा सुदूरपश्चिम प्रदेशले अर्को हार व्यहोरेको छ।
सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्समा सोमबार भएको खेलमा सुदूरपश्चिम वालिङ नगरपालिकासंग पराजित भएको हो। खेलमा वालिङले सुदूरपश्चिमलाई ५–१ गोल अन्तरले पराजित गरेको हो। वालिङका लागि भायला नामुद्दुले खेलको १८, ४२ र ४५ औं मिनेटमा गोल गर्दै ह्याट्रिक गरिन् । त्यस्तै ज्याकिलिन नस्सालीले पहिलो हाफमा अर्को गोल गरिन भने सुस्मा तामाङले ५० औ मिनेटमा वालिङका लागि गोल थपिन्।
सुदूरपश्चिमका लागि एकमात्रै गोल रितिका कार्कीले खेलको ६२ औं मिनेटमा गरेकी थिइन्। जितसंगै वालिङले ६ खेलमा ९ अंक हासिल गरेको छ भने सुदूरपश्चिम समान खेल खेल्दै जित विहीन छ। अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजना जारी लिगमा १० टोलीको सहभागिता छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment