रवि लक्षित कमल थापाको टिप्पणीः ‘क्लिन चिट’ होइन, कारबाहीको सिफारिस भयो
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले रास्वपा अध्यक्ष रवि लामिछानेले ‘क्लिन चिट’ नपाएर कारवाहीको सिफारिस भएको टिप्पणी गरेका छन्।
सामाजिक सञ्जालमा लेख्दै अध्यक्ष थापाले ‘क्लिन चिट’ पाएको भन्दै जनताको आँखामा छारो हाल्ने काम भएको उल्लेख गरेका छन्।
साथै उनले प्रमुख दलका नेता कार्यकर्ताहरुकै संरक्षण र संलग्नतामा सहकारी ठगी र रकम अपचलन भएको देखिएपछि सबै मिलेर फासफुस पारेको आरोप समेत लगाएका छन्।
उनले लेखेका छन्
‘क्लिन चिट’ पायो ! होईन, कारवाहीको सिफारिश भयो! यो जनताको आँखामा छारो हाल्ने काम हो।सत्य के हो भने,प्रमुख दलका नेता कार्यकर्ताहरुकै संरक्षण र संलग्नतामा सहकारी ठगी र रकम अपचलन भएको देखिएपछि सबै मिलेर फासफुस पारे। भ्रष्ट व्यवस्था र भ्रष्ट शासकबाट देशलाई मुक्त नपारेसम्म यस्तो भैरहन्छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment