लाखेनाचसहित समापन भयो ललितपुरको इन्द्रजात्रा
ललितपुर। ललितपुर महानगरपालिका–१ को सहयोगमा आयोजित इन्द्रजात्रा लाखे नाच नाचेर आज समापन भएको छ। ललितपुरमा हरेक वर्ष मनाइने इन्द्रजात्रा लाखे नाचसहित समापन भएको हो।
असोज १ गते मंगलबार ललितपुरको वडा नं १ स्थित संकटा मार्ग मन्दिर परिसरबाट खट जात्रासहित सुरु भएको इन्द्रजात्रा आज लाखेनाचसहित टोल परिक्रमा र पूजा आराधनागरी समापन गरिएको हो।
आज लाखेनाचसहित संकटा मार्ग मन्दिर परिसरबाट भैरव, गणेश र कुमारी देवतालाई खटमा राखी मुसिङ्गाल चोक, ग्याँस डिपो, लीलाघर, कुमारी मन्दिर, जनकपुर कलेज, नानिचा चोक, अमर शिशु, गणेशथान प्याराडाइज, मेनपावर सर्वांग हस्पिटल, बिगमार्ट, तिनखम्बा चोक, भजन मण्डल, मुसिंगाल चोक हुँदै मन्दिर परिसर परिक्रमा गरिएको छ।
जात्रा सुरु भएको पहिलो दिन पनि संकटा मार्ग मन्दिर परिसरबाट लाखेनाचसहित टोल परिक्रमा गरिएको थियो। विशेषगरी नेवार समुदायले मनाउने इन्द्रजात्रा गत वर्षदेखि ललितपुरमा आयोजना गर्दै आएको ललितपुर महानगरपालिका– १ का वडाध्यक्ष निर्मल तण्डुकारले बताए।
उनले भने, ‘ऐतिहासिक इन्द्रजात्राको आयोजना गर्न पाउँदा खुसी छौँ। यो वर्षको इन्द्रजात्रा हर्षोल्लासको साथ मनाइयो। अर्को वर्ष अझै राम्रोसँग मनाउने अपेक्षा राखेका छौँ।’
सहकालको देवताका रुपमा इन्द्रजात्रा बाह्रौँ शताब्दीदेखि मनाउँदै आएको किंवदन्ती छ वडाअध्यक्ष तण्डुकारका अनुसार ४० वर्षदेखि रोकिएको इन्द्रजात्रा गत वर्षदेखि ललितपुरमा मनाउन थालिएको हो।
No ads found for this position


डिसी नेपाल
Facebook Comment