सुदूरपश्चिमको बजेट बहुमतले पारित
धनगढी। सुदूरपश्चिम प्रदेशसभाबाट आर्थिक वर्ष ०८१/०८२ को बजेट बहुमतले पारित भएको छ।
आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले गत भदौ ३१ गते प्रदेशसभामा ३१ अर्ब ६२ करोड ९८ लाख २८ हजारको बजेट पेश गरेका थिए।
छलफलका क्रममा बजेटमा सत्तारुढ दलकै सांसदहरूले असन्तुष्टि जनाएपनि आइतबार भने बजेट बहुमतले पारित भएको हो । बजेट पारित भएसँगै दुई महिनादेखिको बजेट शून्यता भने हटेको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment