भारत र बंगलादेशबीचको दोस्रो टेस्ट वर्षाले प्रभावित
काठमाडौं। भारत र बंगलादेशबीचको दोस्रो टेस्ट वर्षाले प्रभावित बनेको छ। टेस्टको पहिलो दिन शुक्रबार खेल बर्षाले प्रभावित हुदा ३५ ओभर मात्र खेल भएर रोकिएको छ।
बंगलादेशले टस हारेर पहिला ब्याटिंग शुरु गरेको यस टेस्टमा पहिलो दिनको खेल रोकिदा ३ विकेट गुमाएर १०७ रन बनाएको छ।
बंगलादेशका लागि मोमिनुल हक ४० रन बनाएर खेलिरहेका छन् भने मुश्फिकुर रहिम ६ रन बनाएर खेलिरहेका छन्। श्रीलंकाका कप्तान नाजमुल होसैन शान्तो ३१ रन बनाएर आउट भए भने ओपनर जाकिर हसन शुन्यमै आउट भएका थिए।
भारतका लागि २ विकेट आकाश दीपले लिएका थिए भने एक विकेट आर आश्विनले लिए।
पहिलो दिन वर्षाले प्रभावित भएको खेल अब भोली शुरु हुने छ। २ खेलको यस सिरिजमा भारतले पहिलो खेल जितेर १–० ले अगाडी रहेको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment