नारायणगढ-मुग्लिङ सडक : ९ किलोमा सडक भासियो
चितवन। नारायणगढ-मुग्लिङ सडक खण्ड अन्तर्गत ९ किलोमा सडक भासिएको छ।
सडक दबेको कारण ठूला सवारीसाधन आवागमन पूर्णरूपमा अवरोध भएको सडक डिभिजन कार्यालय भरतपुरले जानकारी दिएको छ। सडक भाँसिएको ठाउमा एउटा गाडी पल्टिएको छ।
भाँसिएको ठाउँमा ग्रावेल फिलिङ गरी मर्मतको कार्य हुँदै गरेकोले, उक्त सडक खण्डमा आवश्यक सावधानीका साथ सजकता अपनाई प्रयोग गर्न सडक डिभिजन कार्यालयले अनुरोध गरेको छ।
लगातारको बर्षाको कारणले गएराती यस सडकमा यातायातमा रोक लगाइएको थियो।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment