न्यूक्यासलसँग बराबरीमा रोकियो म्यानचेस्टर सिटी
काठमाडौं। म्यानचेस्ट सिटी न्यूक्यासल युनाइटेडसँग बराबरीमा रोकिएको छ ।
शनिबार सम्पन्न इङ्लिश प्रिमियर लिग अन्तर्गतको खेलमा म्यानचेस्टर सिटी न्यूक्यासलसँग १–१ गोलको बराबरीमा रोकिएको हो।
यस खेलमा म्यानचेस्टर सिटीका लागि खेलको ३५औँ मिनेटमा जोस्को ग्भारडिओलले गोल गरेका थिए। त्यस्तै न्यूक्यासलका लागि खेलको ५८औं मिनेटमा पाएको पेनाल्टीमार्फत एन्थोनी गोर्डनले गोल गरेका थिए।
यस सिजनमा अपराजित रहेको म्यानचेस्टर सिटीको यो दोस्रो बराबरी हो। यो खेलपछि म्यानचेस्टर सिटीको ६ खेलमा १४ अंक भएको छ र लिगमा शीर्ष स्थानमा रहेको छ।
त्यसैगरी न्यूक्यासल युनाइटेडको पनि यो यस सिजनको दोस्रो बराबरी हो। यो खेलपछि न्यूक्यासलको ६ खेलमा ११ अंक भएको छ र लिगमा पाँचौं स्थानमा छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment