सुदन गैह्रेको ‘दशैंको सम्झना’ सार्वजनिक (भिडियो)
काठमाडौं। नेपालीहरुको महान चाड दशैं आउनै लाग्दा दशैंका गीतहरु सार्वजनिक हुने क्रम बढेका छन्। यसै क्रममा दशैं गीत ‘दशैंको सम्झना’ सार्वजनिक गरिएको छ। सुदन गैह्रेको स्वरमा रहेको गीतमा शब्द रचना राधा पौडेलको र संगीत देवेन्द्र बरालको रहेको छ।
मौलिक शब्दहरु समाबेश गीत यथार्थ परक छ। गीतमा दसैंको सम्झना गरिएको छ। आफ्नै गाउँ डुल्दाको दसैं प्यारो लाग्ने कुरा गीतले बोलेको छ। बिश्व अधिकारीले संगीत संयोजन गरेको गीतको भिडियोको सम्पादन र कलर बिष्णु खड्काले गरेका हुन्।
आकाशैमा टह टह, जुन लागेको बेला
गैरी खेतमा लह लह,धान झुलेको बेला
सुनाखरी बुकी फूल तितेपाती फुल्दा
प्यारो लाग्थ्यो दशैं मलाई मेरै गाउँ डुल्दा
यस्ता शब्दहरुले गीतलाई मिठास दिएको छ। चितवन जिल्लामा जन्मिएर बिगत दुइ दशक देखि अमेरिका बस्दै आएका राधा पौडेलको शब्दले धेरै दर्शक श्रोताको मन छुने निर्माण टिमले बिस्वाश गरेको छ । राधा पौडेलको थुप्रै पुस्तक समेत प्रकाशन भई सकेका छन्। थुप्रै सामाजिक संघ संस्थामा आवद्ध पौडेलले तीज गीत पनि सार्वजनिक गरेकी थिइन्। पौडेलको रचनाहरुमा धेरैजसो समाजका विसंगति र विकृतिका बिरुद्द आवाज उठाउँदै गरेका र केहि सन्देश मुलक विचारहरू पनि पाइन्छन्।
गायक सुदन गैह्रेको स्वरमा थुप्रै गीतहरु सार्वजनिक भई सकेका छन्। सुदन परदेशमा रहे पनि नेपाली गीत संगीतमा सक्रिय छन्। दशैं गीत राइट ट्युन इन्टरटेन्टमेन्टको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment