ओमानविरुद्ध नेपालले पहिले ब्याटिंग गर्दै

डिसी नेपाल
१३ असोज २०८१ २२:०६
156
Shares

काठमाडौं । नेपालले त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत ओमानविरुद्ध पहिले ब्याटिंग गर्ने भएको छ ।

ओन्टारियोस्थित किंग सिटी स्टेडियममा हुने यो खेलमा ओमानका कप्तानले टस जितेर पहिला बलिङ गर्ने गरेपछि नेपालले पहिला ब्याटिंग गर्ने भएको हो। सिरिजको पहिलो खेलमा क्यानडासँग पराजित भएको नेपालले आज दोस्रो खेल खेल्न लागेको हो।

नेपाल र ओमानबीच अहिलेसम्म कुल ६ टी-२० खेल भएका छन्, जसमा नेपाल र ओमानले ३-३ खेल जितेका छन्।

यस सिरिजमा नेपालले अर्को खेल मंगलबार नेपाल र क्यानडाबीच, बुधबार नेपाल र ओमानबीच खेल्ने छ ।

क्यानले क्यानडा टूरमा रोहितकुमार पौडेलको कप्तानीमा सोमबार १६ सदस्यीय टोली क्यानडा पठाएको छ । नेपाली टोलीमा रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, अनिल साह, भीम सार्की, आरिफ शेख, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, अर्जुन साउद, सोमपाल कामी, करण केसी, गुल्शन झा, रिजन ढकाल, सन्दीप लामिछाने, ललित राजबंशी र देव खनाललाई रहेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *