एभरेष्ट महिला भलिबल लिगमा ललितपुरको विजयी शुरुवात

डिसी नेपाल
१४ असोज २०८१ १८:३८
120
Shares

काठमाडौं। एभरेष्ट महिला भलिबल लिगमा ललितपुर क्वीन्सले विजयी शुरुवात गरेको छ।

सोमबार देखि शुरु भएको प्रतियोगिताको पहिलो खेलमा ललितपुर क्विन्सले काठमाडौं स्पाइकर्सलाई ३–१ को सेटमा पराजित गर्‍यो।

ललितपुरले पहिलो सेट २५–२० ले जितेको थियो भने तेस्रो सेट २५–२१ र चौथो सेट २५–१९ ले जितेको थियो। त्यस्तै काठमाडौंले दोस्रो सेट २५–२१ ले जितेको थियो।

प्रतियोगिता अन्तर्गत आजै दोस्रो खेल मधेश युनाइटेड र कर्णालीबीच हुने छ भने तेस्रो खेल चितवन शक्ति र गण्डकी ठण्डरबीच हुने छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *