भारत र बंगलादेशबीचको दोस्रो टेस्ट रोचक मोडमा

डिसी नेपाल
१४ असोज २०८१ १९:२१
264
Shares

काठमाडौं। भारत र बंगलादेशबीचको दोस्रो टेस्ट रोचक मोडमा पुगेको छ।

खेलको तीन दिन बर्षाले प्रभावित बनेपछि चौथो दिनको खेल सकिदा बंगलादेशले दोस्रो इनिंग शुरु गरेको छ। चौथो दिनको खेल सकिँदा बंगलादेशले २ विकेट गुमाएर २६ रन बनाएको छ र भारतभन्दा २६ रनले अझै पछाडि रहेको छ।

यसअघि भारतले आज आफ्नो पहिलो इनिंगमा ९ विकेट गुमाउँदै २८५ रन बनाएर इनिंग समाप्ती घोषणा गरेको थियो। भारतले पहिलो इनिंगमा ५२ रनको अग्रता लिएर इनिंग घोषणा गरेको थियो। यस अघि बंगलादेश २३३ रन बनाएर अल आउट भएको थियो।

अब खेलको पाँचौं दिन भारतले बंगलादेशलाई छिटो अल आउट गरेर खेल जित्ने प्रयास गर्नेछ भने बंगलादेशले दिनभर ब्याटिंग गरेर खेल ड्र गर्ने प्रयास गर्ने छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *