विदेशी खेलाडीका लागि आइपिएलले बनायो कडा नियम

डिसी नेपाल
१५ असोज २०८१ ७:१८
452
Shares

काठमाडौं। भारतीय क्रिकेट कन्ट्रोल बोर्डले आईपीएलमा विदेशी खेलाडीका लागि कडा नियम ल्याएको छ। आइपिएलले हालै सबै विदेशी खेलाडी मेगा अक्सनमा अनिवार्य दर्ता हुनुपर्ने नियम ल्याएको छ । साथै मेगा अक्सनमा दर्ता नभएका खेलाडीले पछि हुने मिनी लिलामीमा प्रवेश नपाउने भएका छन्।

साथै, लिलामीमा बिक्री भएपछि कुनै खेलाडी प्रतियोगिताबाट पछि हटेमा उसलाई अर्को २ सिजनको लागि प्रतिबन्ध लगाइनेछ। तर, खेलाडी घाइते भएमा उनलाई प्रतिबन्ध लाग्दैन, तर यसका लागि उनले आफ्नो राष्ट्रिय बोर्डबाट अनुमति लिनुपर्नेछ।

साथै विदेशी खेलाडीले अब एक सिजनमा १८ करोड भारु भन्दा बढी कमाउन पाउने छैनन्। पछिल्लो मिनी लिलामीमा अस्ट्रेलियाका मिचेल स्टार्क २४.७५ करोड भारु र प्याट कमिन्स २०.५० करोड भारुमा बिक्रि भएका थिए।

अब भने आइपिएलले विदेशी खेलाडीका लागि क्याप बनाएको छ, जसमा १८ करोड भन्दा बढी कमाउन सक्ने छैनन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *