नेपालले आज क्यानडाको सामना गर्दै

डिसी नेपाल
१५ असोज २०८१ १०:०८
152
Shares

काठमाडौं। नेपालले आज त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत आज क्यानडाको सामना गर्दै छ।  क्यानडाको ओन्टारियोस्थित किंग सिटी स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राति ९ः४५ बजेदेखि शुरु हुने छ ।

यस सिरिजमा अहिलेसम्म नेपाल, क्यानडा र ओमानले २-२ खेलमा एक एक जित र एक एक हार बेहोरेका छन् ।

नेपाल र क्यानडाबीच अहिलेसम्म केवल २ टी-२० खेल भएको छ , जसमा नेपालले एक र क्यानडाले एक खेल जितेको छ ।

यस सिरिजमा नेपालले अर्को खेल बुधबार ओमानसँग खेल्ने तालिका छ ।

क्यानले क्यानडा टूरमा रोहितकुमार पौडेलको कप्तानीमा सोमबार १६ सदस्यीय टोली क्यानडा पठाएको छ। नेपाली टोलीमा रोहित पौडेल ९कप्तान०, कुशल भुर्तेल, आसिफ शेख, अनिल साह, भीम सार्की, आरिफ शेख, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, अर्जुन साउद, सोमपाल कामी, करण केसी, गुल्शन झा, रिजन ढकाल, सन्दीप लामिछाने, ललित राजबंशी र देव खनाल रहेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *