रेखा यादव स्मृति पत्रकारिता पुरस्कारबाट प्रवीण सम्मानित
काठमाडाैं। पत्रकार प्रविण कुमार यादव रेखा यादव स्मृति पत्रकारिता पुरस्कार २०८१ बाट सम्मानित भएका छन्। । शनिवार उनलाई नेपाल यादव सेवा समितिले काठमाण्डाैमा एक कार्यक्रमबीच नगद र प्रमाण-पत्र सहित सम्मान गरेकाे हाे।
पत्रकारिता क्षेत्रबाट देश, मधेश र यदुवंश समाजमा पुर्याएकाे याेगदानकाे उच्च मूल्यांकन गर्दै पत्रकार यादवलाई नगद ५ हजार सहित प्रमाण-पत्र प्रदान गरिएको थियो।
सप्तरीकाे तिलाठी काेइलाडी ७ निवासी पत्रकार यादवले नेपाल रिपब्लिक मेडिया प्रालिद्वारा प्रकाशित रिपब्लिक दैनिक अंग्रेजी पत्रिकाबाट पत्रकारिता क्षेत्रमा प्रवेश गरेकाे थियाे।
यादवले द गार्जियन, द वायर, स्विस टिभि, स्विस पब्लिक रेडियाे, न्युयोर्क टाइम्स, फ्रेन्च टिभिका लागि रिपोर्टिङ गरेका छन्। उनले द काठमाण्डु पाेष्ट र रेकर्ड नेपालका लागिपनि स्तम्भकारकाे रुपमा काम गरेका छन्।
उनी सन् २०१२ मा अमेरिकी सरकारद्वारा आयोजित अन्तर्राष्ट्रिय नेतृत्व कार्यक्रम (IVLP) का लागि छनौट भई अमेरिका गएका थिए।
No ads found for this position

डिसी नेपाल
Facebook Comment