राज्यमन्त्री राईद्वारा एक लाखको अक्षयकोष स्थापना
भोजपुर। कोशी प्रदेश राज्यमन्त्री सिजना राईले रु एक लाख राशिको अक्षयकोष स्थापना गरेका छन्। राज्यमन्त्री राईले पाँचधारे कला साहित्य केन्द्रमा ‘वीरेन्द्र गुरुङ स्मृति’ अक्षयकोष स्थापना गरेका हुन्।
आफ्नो जीवनकालमा गायक गुरुङले साङ्गीतिक क्षेत्रमा पुर्याएको योगदानको कदरस्वरुप अक्षयकोष स्थापना गरेको राज्यमन्त्री राईले बताए। “गुरुङले साङ्गीतिक क्षेत्रमा अतुलनीय योगदान पुर्याउनुभएको छ”, राज्यमन्त्री राईले भने, “यस्ता व्यक्तिलाई समाजले कदर गर्न अवश्यक छ ।”
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment