‘कानुनी प्रक्रियालाई सघाउन तयार छौँ’

डिसी नेपाल
३ कार्तिक २०८१ १९:२०
96
Shares

त्रिवेणी। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक सन्तोष परियारले पार्टी सभापतिलाई लागेको आरोपका विषयमा हुने कानुनी प्रक्रियालाई सघाउने बताएका छन्।

पार्टीको जिल्ला भेलामा सहभागी हुन आज रुकुम पश्चिम आईपुगेका परियारले पत्रकारसँग भने, ‘कानुनी प्रक्रियालाई सघाउन तयार छौँ। कुनै व्यक्ति तथा संस्थाउपर रिस भने साँध्न हुन्न।’

पार्टीका मुख्यमुख्य गतिविधि सञ्चालन भइरहने र तोकिएका जिल्ला भेला र महाधिवेशनका कार्यक्रमहरू भने अर्को सूचना नहुन्जेल स्थगित गरिएको पार्टीका प्रमुख सचेतक परियारले जानकारी दिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *