रविलाई अदालत पुर्याइयो
काठमाडौं। सहकारी ठगी तथा संगठित अपराधमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापतिलाई रवि लामिछानेलाई अदालतमा उपस्थित गराइएको छ।
प्रहरीले लामिछानेलाई केही बेर अघि जिल्ला अदालत कास्कीमा उपस्थित गराएको हो।
शुक्रबार राति काठमाडौंबाट पक्राउ परेका लामिछानेलाई सडकमार्ग हुँदै शनिबार विहान ३ बजे पोखरा पुर्याइएको थियो। लामिछानेलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य परीक्षण गरी जिल्ला प्रहरी कार्यालय कास्कीमा लगिएको थियो।
लामिछानेविरुद्ध प्रहरीले संगठित अपराधको कसुरमा पनि अनुसन्धान हुने भएको छ। प्रहरीले लामिछानेविरुद्ध सहकारी ठगीसँगै संगठित अपराधको कसुरमा पनि अनुसन्धान अदालतको अनुमति लिएसँगै दुवै आरोपमा अनुसन्धान हुने भएको हो।
अदालतले दिएको अनुमतिमा सहकारी ऐनले परिभाषित ठगी तथा संगठित अपराध सम्बन्धि विषयमा अनुसान्धानको सिलसिलमा पक्राउ गर्न अनुमति दिएको उल्लेख छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment