सिन्धुली-रामेछाप जोड्ने बेलिव्रिजको शुभारम्भ आज हुँदै
रामेछाप। बाढीले बगाएको सिन्धुली-रामेछाप जोड्ने सुनकोसी नदीमा जडान भएको बेलिव्रिज आजबाट शुभारम्भ हुने भएको छ। मंगलबार अपराहन्न भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले बेलिव्रिजको शुभारम्भ गर्ने भएका हुन्।
गत असोज ११ र १२ गते परेको अविरल वर्षासँगै आएको बाढीले सिन्धुलीको गोलन्जोर गाउँपालिकाको खुर्कोट र रामेछापको मन्थली नगरपालिकाको सेलेघाट जोड्ने खुर्कोट पुल बगाएको थियो।
पुल बगाएपछि नेपाली सेनाले बेलिब्रिज बनाएको हो। नेपाली सेनाले तीन सातामै सुनकोशी नदीमा एमपिबी (मोडुलर प्यानल ब्रिज) राखेर सिन्धुली र रामेछाप जिल्लालाई जोडेको थियो। निर्माण सम्पन्न भएपनि पुलको मुखमा ढलान गरिएकाले यातायात सञ्चालन भने भएको थिएन।
बाढीले मन्थली, रामेछापतर्फको एउटा भाग बगाएपछि सडक सम्पर्क पूर्णरुपमा टुटेको थियो।
No ads found for this position

डिसी नेपाल
Facebook Comment