मोदी र पुटिनबीच द्विपक्षीय वार्ता

डिसी नेपाल
६ कार्तिक २०८१ १८:५७
44
Shares

काठमाडौं। ब्रिक्स सम्मेलनमा भाग लिन रुस भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रपति भ्लादिमिर पुटिनसँग द्विपक्षीय वार्ता गरेका छन्। मिडिया रिपोर्टका अनुसार यस भेटवार्तामा मोदीले पुटिनसँग रुस–युक्रेन युद्धको बारेमा कुरा गरेका छन्।

वार्तामा मोदीले रुस र युक्रेनबीचको द्वन्द्वको विषयमा निरन्तर सम्पर्कमा रहेको बताउँदै समस्याको शान्तिपूर्ण रूपमा समाधान गर्नुपर्छ भन्ने भारतको विश्वास रहेको बताएका थिए।

उनले भने, ‘हामी जतिसक्दो चाँडो शान्ति र स्थायित्वको पुनर्स्थापनालाई पूर्ण रूपमा समर्थन गर्छौं। भारत आगामी समयमा सबै सम्भव सहयोग गर्न तयार छ।’

मोदीको जवाफमा पुटिनले भने, ‘मलाई जुलाईमा भएको भेट (प्रधानमन्त्री मोदीसँग) याद छ। हामीले धेरै राम्रो छलफल गरेका थियौं। हामीले धेरै पटक टेलिफोनमा पनि कुरा गरेका थियौं। काजान भ्रमणको निमन्त्रणा स्वीकार गर्नुभएकोमा म तपाईंप्रति आभारी छु। हामी ब्रिक्स शिखर सम्मेलनको उद्घाटनमा भाग लिनेछौं। त्यसपछि, हामी डिनरमा अन्य नेताहरूसँग पनि कुरा गर्नेछौं।’

ब्रिक्स सम्मेलन रुसको काजानमा हुँदै छ। ब्रिक्स रसियासहित ब्राजिल, भारत, चीन र दक्षिण अफ्रीका, इरान, इजिप्टम, युएई र इथोपिया सम्मिलित देशहरुको संस्था हो। सुरुमा एक अर्का देशमा लगानीका सम्भावना खोज्न २००१ मा गठन गरिएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *