पोखरामा रास्वपा र सहकारी पीडित दुवैको प्रदर्शन

डिसी नेपाल
८ कार्तिक २०८१ १३:३८
144
Shares

काठमाडौं। पोखरामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र सहकारी पीडित दुवैले प्रदर्शन गरिरहेका छन्। रास्वपाले गत शनिबारदेखि गरिरहेको प्रदर्शन अब काठमाडौँ केन्द्रित गर्ने बताउदै आज अन्तिम प्रदर्शन भनेको छ।

त्यस्तै सहकारी ठगी प्रकरणमा पक्राउ परेका व्यक्तिमाथि निष्पक्ष छानबिन गर्न दिनुपर्ने माग गर्दै सूर्य दर्शन सहकारी पीडितले आज प्रदर्शन गरिरहेका छन्।

पीडितहरुले सहकारीको अनुसन्धानलाई नै प्रभावित गर्ने गरी भइरहेको प्रदर्शन तत्काल रोक्नुपर्ने बचत रकम फिर्ता गर्नुपर्ने माग राखेको छ। सहकारी पीडितहरुले रास्वपा नेता तथा कार्यकर्ताले पीडितहरुको घर घरमा पुगेर धम्क्याएको आरोप लागाएका छन्।

सहकारी पीडितले लगाएको आरोपको रास्वपाले भने खण्डन गरेको छ। रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले रास्वपाका कार्यकर्ताले सहकारी पिडितलाई धम्की नदिएको बताएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *