क्यानडाको अध्यागमन नीतिमा अस्थायी परिवर्तन
काठमाडौं । क्यानडा सरकारले आगामी दुई वर्षका लागि आप्रवासीसम्बन्धी नीति परिवर्तन गर्ने निर्णय गरेको छ । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले बिहीबार यो घोषणा गरेका हुन् ।
ट्रुडोले भने , “हामी आगामी दुई वर्षमा क्यानाडा आउने आप्रवासीको संख्या घटाउने छौं। यो एक अस्थायी निर्णय हो, जुन हाम्रो जनसंख्या वृद्धि रोक्न र हाम्रो अर्थतन्त्रलाई बढावा दिन लिइएको हो।”
“हाम्रो प्रणालीले सबै क्यानाडालीहरूको लागि सही काम गर्नुपर्छ,” उनले भने। यसअघि प्रधानमन्त्री ट्रुडोले भनेका थिए , ‘हामी क्यानडामा अस्थायी विदेशी कामदारको संख्या घटाउने छौं।’
उनले भनेका थिए, “हामी कम्पनीहरूका लागि कडा नियमहरू ल्याइरहेका छौं ताकि उनीहरूले किन पहिले क्यानाडाली कामदारहरूलाई काममा राख्न सक्दैनन् भनेर प्रमाणित गर्न सकून्।”
No ads found for this position


डिसी नेपाल
Facebook Comment