रचनाको मायामा हिक्क हिक्क छ मलाई भन्दै रंजित
काठमाडौं। गायक भिम मगर र गायिका टिका प्रसाईंको स्वरमा नयाँ गीत ‘हिक्क हिक्क छ मलाई…’को भिडियो दशैं तिहारको अबसर पारेर हालै बजारमा आएको छ। यो गीतको भिडियोलाई सिञ्जाली ग्रुप नेपाल युट्युव च्यानलबाट सार्वजनिक गरिएको हो।
गीतलाई नारायण नेपालले लेखेको हुन्। जसमा दीपक पाठकले संगीत सृजना गरेका छन्। यसमा विश्व अधिकारीको संगीत संयोजन र बिप्लभ अधिकारीको मिक्सिङ रहेको छ।

यो गीतको भिडियोमा मोडल रंजित सिञ्जाली र रचना न्यौपानेको अभिनय रहेको छ। थुप्रै गीतमा मोडलिङ गरिसकेका रंजितको यसपटकको अभिनय पनि त्यत्तिकै राम्रो छ।
यो गीतमा उनले एक सुन्दर युवतीलाई आफ्नो प्रेमिकाको रुपमा सम्झिएको दृष्य प्रस्तुत गरिएको छ । जब ती युवती रचना आफ्नो प्रेमीसँग मोटरवाईकमा चढेर जान्छिन्। त्यतिवेला रंजित झस्याङ हुन्छन्। गीतमा रंजित र रचनाको जोडी पनि त्यत्तिकै सुहाएको छ।
राजन भुजेलले निर्देशन गरेको यो गीतको भिडियोलाई सरोज शाहीले खिचेका हुन्। जसमा निराजन केसीको सम्पादन एवम् रंग सँयोजन रहेको छ। गीतको भिडियोलाई दर्शकले रुचाएका छन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment