प्रचण्डको स्पष्टीकरण- ज्ञानेन्द्र शाहलाई भेटेको छैन

डिसी नेपाल
१० कार्तिक २०८१ १७:२३
116
Shares

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुर्व राजा ज्ञानेन्द्र शाहलाई नभेटेको बताएका छन्।

माओवादी केन्द्र बागमती, उपत्यका विशेष र सम्पर्क समन्वय प्रदेश समितिले काठमाडौंमा आयोजना गरेको खबरदारी सभालाई सम्बोधन गर्दै प्रचण्डले ज्ञानेन्द्र शाहलाई भेटेको भन्ने हल्लाको खण्डन गरेका हुन्।

प्रचण्डले पूर्व राजा ज्ञानेन्द्रलाई भेटेको भन्ने आरोपको खण्डन गर्दै पूर्व राजालाई भेट्ने कल्पनासमेत गर्न नसकिने बताए।

उनले भने, ‘कतिपयले प्रचण्डले झापामा पुगेर ज्ञानेन्द्रलाई भेट्यो भनेर हल्ला चलाएछन्, बरु म झापा विमानस्थलमा भएको थाहा पाएर उनी बीच बाटोबाट फर्केको सुनेको छैन। जसले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि अर्को क्रान्तिको तयारी गर्दैछ, उसले ज्ञानेन्द्र भनेको भन्नु सही होला ?’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *