दुई डिआइजीको एआइजीमा बढुवा
काठमाडौं। सरकारले नेपाल प्रहरीका दुई नायब महानिरीक्षक (डिआइजी)को अतिरिक्त महानिरीक्षक (एआइजी)मा बढुवा गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले किरण राणा र डा। सुन्दर ह्योजुको बढुवा निर्णय गरेको हो। बढुवा भएकी एआइजी राणालाई बुधबार बिहान नै फूली लगाउने तयारी भएको छ।
बढुवा भएकी राणाले बिहीबारदेखि अनिवार्य अवकाश पाउँदैछिन्। बुधबार फुली लगाएर बुधबार नै प्रहरी प्रधान कार्यालयमा उनको बिदाईको तयारी छ। सेवा सुविधा थप्नकै लागि मात्र उनको बढुवा गरिएको हो।
वरियतामा अघि रहेका अन्य डिआइजीलाई छाडेर उनको बढुवा भएको थियो। त्यस्तै, डा. ह्योजु प्रहरी अस्पतालका चिकित्सक हुन्। बढुवासँगै उनी अस्पतालको कार्यकारी निर्देशक बनेका छन्।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment