पार्टीभित्र गम्भीर समीक्षा गर्दै कम्युनिष्टहरु एक हुनुपर्छः प्रचण्ड

डिसी नेपाल
१४ कार्तिक २०८१ १७:०९
56
Shares

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीभित्र गम्भीर समीक्षा गर्दै कम्युनिष्टहरु एक हुनुपर्ने बताएका छन्।

नेकपाका सस्थापक नरबहादुर कर्माचार्यको जन्म शताब्दीको अवसरमा माओवादीले केन्द्रले बुधबार काठमाडौंमा आयोजना गरेको नेपाली कम्युनिस्ट आन्दोलनको ७५ वर्ष र आगामी कार्यभार विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै प्रचण्डले यसअघि भएका कमी कमजोरीको आ–आफ्नो पार्टीभित्र गम्भीर समिक्षा गर्दै कम्युनिष्टहरु एक हुनुपर्ने बताएका हुन्।

एकताको कुरा गरेर मात्रै नहुने भएकाले मिल्नेजति तत्काल एक हुने र मिल्न नसके कार्यगत एकताबाट एकीकृत हुनु सुरु गर्नुपर्ने उनले बताए। हरेक कम्युनिस्ट पार्टीले देश र जनताप्रति इमानदार भएर समीक्षा गरे आफ्ना कमजोरी पत्ता लगाउन सकिने प्रचण्डले बताए।

उनले नेपाली समाजलाई रुपान्तर गर्दै समाजवादको आधार निर्माण गर्न कम्युनिष्ट आन्दोलनले ठूलो भूमिका खेलेको पनि धारणा राखे।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *