नेवा:पुच:यूएईले दुबईमा सामूहिक म्ह :पूजा र नेपाल सम्बत् मनाउने
दुबई। यूएईमा छरिएर रहेका नेवा: समुदायले यस बर्ष पनि पारिवारिक रूपमा मनाउँदै आएको धार्मिक, सांस्कृतिक पर्व म्हः पूजा र नेपाल सम्बत् ११४५ यूएईको दुबईमा सामुहिक रूपमा आयोजना गर्ने भएको छ।
नेवा: पुच: यूएईको आयोजनामा हुने नेवाः परम्परामा यो विशेष पर्व प्रवासमा छरिएर बसोबास गरेका नेवारहरूलाई एकै थलोमा भेला गराई यसको महत्त्व र विधिका बारेमा जानकारी गराउने उद्देश्य राखिएको पुचका अध्यक्ष बिरेन्द्र नकर्मिले बताए।
यही आउँदो शनिबार २ नोभेम्बरका दिन साझ ५:०० बजे देखि राति ९ :०० बजे सम्म बुर दुबई स्थित ब्लू प्यालेसमा आयोजना हुने आयोजकले बताए।
म्हः पूजाको अर्थ शरीरको पूजा हो। म्हःपूजाको अर्थ आत्म पूजा वा ब्रम्ह पूजा पनि भन्ने गरेको पाइन्छ। ती सबैको अर्थ एउटै हुने हुनाले म्हःपूजाको सम्बन्ध व्यक्तिको शरीरलाई आफैले पूजा गर्ने संस्कार मानिँदै आएको छ।
नयाँ वर्ष सँगै म्हःपूजा गरेर वर्षभरि कुनै रोग व्याधि नलागोस् शरीर स्वस्थ्, स्वच्छ, पवित्र भएमा कुनै पनि दुःख हुँदैन । स्वस्थ शरीरले जुनसुकै कठिन काम गर्न सक्छ । त्यसैले महत्त्वपूर्ण शरीरलाई सधैँ पूजा गरी पवित्र, स्वास्थ्य राख्नु पर्दछ भन्ने मान्यताका साथ तांत्रिक बिधि बाट म्हःपूजा गर्ने चलन छ।
साथै नेवार समुदायको नयाँ वर्ष नेपाल सम्वत् ११४५ पनि राष्टिय विभूति शंखधर साख्वाले वि सं ९३७ (इसं ८८०) मा गरीब जनताको ऋण मोचन गरी नेपाल संवत्को शुरुआत गराएको अवसरमा सोहि दिन मनाउने चलन छ।
No ads found for this position




Facebook Comment