तिहारको अवसरमा द्रब्य ब्याण्डले सार्वजनिक गर्याे ‘बुकि फूल’
इटहरी। मोरङको बेलबारीमा स्थापना भएर चर्चा बटुल्दै गैरहेको द्रब्य ब्याण्डले आफ्नो नयाँ गीत ‘बुकि फूल’ सार्वजनिक गरेको छ।
कार्तिक १४ गते बेलबारी महोत्सवमा एक विशेष कार्यक्रम आयोजना गर्दै यो गीतको भिडियो सार्वजनिक गरिएको हो। उक्त कार्यक्रममा प्रमुख अतिथीको रुपमा रहेका कोशी प्रदेश प्रहरी प्रमुख डिआईजी चन्द्र कुबेर खापुङले रिमोट थिचेर भिडियो सार्वजनिक गरेका थिए।
‘बुकि फूल’को शब्द तथा संगीत मविन्द्र राईले तयार गरेका हुन् भने टिकाहाङ लिम्बूले स्वर दिएका छन्, उनी सो ब्याण्डका भोकलिष्ट हुन्। यस्तै सन्देश थारूले गितार, अवय थापा मगरले ड्रम र सुनिल श्रेष्ठले बास गितारमा साथ दिएका छन् । ब्याण्ड म्यानेजरको रूपमा प्रकाश गुरुङ रहेका छन् भने गीतको एरेन्ज स्वश्वत श्रेष्ठले गरेका छन्।
सार्वजनिक भिडियोमा आइसा तामाङ र निर्मल राईको आकर्षक अभिनय देख्न सकिन्छ। भिडियोमा फिचर्ड मोडलहरुलाई मेकअप सल्मा थापा मगरले गरेका छन् भने सम्पादन अनिल रानाले गरेका छन् ।
यो म्युजिक भिडियोको निर्माण सन्तोष रेग्मीले गरेका हुन्। भिडियोको छायांकन तथा निर्देशन भुपेन्द्र तुम्बाहाम्फेले गरेका छन्। भिडियो थैली इन्टरटेन्मेन्टले पोष्ट प्रोडक्सन गरेको हो । भिडियोलाई द्रब्य ब्याण्डकै अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment