आपसी मेलमिलाप, भ्रातृत्व र सहिष्णुता विकास गर्न सबैलाई प्रेरणा मिलोस् : सभामुख घिमिरे

डिसी नेपाल
१८ कार्तिक २०८१ ७:२६
20
Shares

काठमाडौं। सभामुख देवराज घिमिरेले शुभ दीपावली (तिहार), २०८१ को पावन अवसरमा नेपालीबीचको आपसी मेलमिलाप, भ्रातृत्व र सहिष्णुता विकास गर्न सबैलाई प्रेरणा प्रदान होस् भन्ने शुभकामना व्यक्त गरेका छन्।

उनले आज एक सन्देश जारी गरी स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गरेका हुन्।

सन्देशमा भनिएको छ, “तिहारले आपसी मेलमिलाप, भ्रातृत्व र सामाजिक सद्भावलाई सुदृढ बनाउँदै सबै नेपालीको मुहारमा उज्यालोपन ल्याउन सकोस् भन्ने कामना गर्दछु।”

तिहार हिन्दू धर्मालम्बीहरूको बाहुल्य भएका नेपाल, भारतसहित विश्वका विभिन्न मुलुकहरूमा तामझामका साथ मनाइन्छ। नेपालीहरू अन्य देशमा बसोबास गर्नेको सङ्ख्या बढेसँगै विभिन्न देशहरूमा तिहारलाई सांस्कृतिक पर्वका रूपमा मनाउने गरिएको छ।

यमपञ्चकमा काग, कुकुर, गाई-गोरु आदिको पूजा गरिने भएकाले तिहारलाई जनावर एवम् प्रकृतिसँगको मानवसम्बन्ध दर्शाउने पर्वका रूपमा लिइन्छ। साथै दाजुभाइ-दिदीबहिनीको आपसी सम्बन्धलाई बलियो बनाउन विशेष भूमिका निभाएकाले यस पर्वले सामाजिक, सांस्कृतिक र धार्मिक महत्व बोकेको छ।

“नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त मुलुक हो”, सन्देशमा भनिएको छ, “तिहारजस्ता पर्वले विविधताबीचको एकता, सामाजिक सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्भावको संरक्षण गर्न मद्दत गर्ने विश्वास लिएको छु।”

तिहार नेपालीहरू र विशेषतः नेपाली हिन्दूहरूको सबैभन्दा ठूला पर्वहरूमध्ये एक हो । यो पर्व नेपाली हिन्दू पात्रोअनुसार कार्तिक कृष्ण पक्ष त्रयोदशीका दिन काग तिहारको नामले सुरु भएर कार्तिक शुक्ल पक्षको द्वितीया तिथिको भाइटीकासम्म पाँच दिन मनाइन्छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *