प्रधानमन्त्रीद्वारा तिहारको शुभकामनाः सबैको जीवनमा उमंग छाओस्
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले तिहार नेपालीहरूको महिमापूर्ण पर्व भएकाले यस अवसरवमा सबै नेपालीमा उमंग छाओस् भन्दै शुभकामना व्यक्त गरेका छन्।
प्रधानमन्त्री ओलीले भाइटीकाको अवसरमा सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र उमंगको कामना गर्दै भाइटीकाले दिदीबहिनी र दाजुभाइबीच थप स्नेह जागृत गर्ने विश्वास लिएका छन्। भाइटीकाका अवसरमा आज शुभकामना सन्देश दिँदै उनले तिहार सबैकाे जीवनमा उज्यालो छर्ने चाड भएको उल्लेख गरे।
प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, “यस वर्षको तिहारको आज अन्तिम दिन, दिदीबहिनी र दाजुभाइबीचमा स्नेह जागृत गर्ने महिमा बोकेको महान् पर्व भाइटीका, समस्त दिदीबहिनी तथा दाजुभाइको जीवनमा उज्यालो छाओस्, सुगन्ध फैलियोस्, सबैमा सुस्वास्थ्य, सुख, शान्ति र उमंगको कामना, सबैलाई भाइटीकाको शुभकामना।”
No ads found for this position


डिसी नेपाल
Facebook Comment