रवि लामिछानेलाई थप १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति
काठमाडौं। सहकारी प्रकरणमा पक्राउ परेका रास्वपा सभापति रवि लामिछानेलाई थप १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ।
जिल्ला अदालत कास्कीका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले रविलाई म्याद थप गर्न अनुमति दिएको हो। योसँगै रविलाई अनुसन्धान गर्न तेस्रोपटक म्याद थप भएको छ। यसअघि दोस्रोपटक थपिएको म्याद कात्तिक १५ गते सकिएको थियो। अदालतले सोही दिनदेखि गणना हुने गरी म्याद थप गरेको हो।
कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका रवि पहिलोपटक कात्तिक ४ गते अनुसन्धानका लागि ५ दिनको म्याद थप गरेको थियो। पुनः दोस्रोपटक ७ दिन म्याद थप गरेको थियो।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment