राष्ट्रपति पौडेललाई कोप-२९ मा उठाउनुपर्ने विषयबारे सुझाव

डिसी नेपाल
२१ कार्तिक २०८१ २२:३५
40
Shares

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेललाई प्रतिनिधिसभाका कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति र पूर्वाधार विकास समितिका सभापति एवं सांसदहरूले जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन (कोप-२९) मा नेपालका तर्फबाट उठाउनुपर्ने विषयबारे सुझाव दिएका छन्।

उक्त सम्मेलन यही कात्तिक २६ गतेदेखि मङ्सिर ७ गतेसम्म अजरबैजानको बाकुमा हुँदैछ । समितिका सभापति एवं सदस्यहरूले राष्ट्रपति भवन शीतल निवासमा आज राष्ट्रपति पौडेललाई भेटी जलवायु परिवर्तनको असरका कारण नेपालले भोग्नुपरेको जोखिमका सम्बन्धमा अन्तर्राष्ट्रियस्तरमा उठाउनुपर्ने विषयहरू प्रस्तुत गरेका थिए।

सो अवसरमा वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरी, वन राज्यमन्त्री रुपा विक, प्रतिनिधिसभाका कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति कुसुम थापामगर, पूर्वाधार विकास समितिका सभापति दिपक सिंह र दुवै समितिका सदस्यहरुको सहभागिता रहेको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *