बुढानीलकण्ठ मन्दिर परिसरमा श्रीमद् भावगत महायज्ञ सुरु (तस्बिर)
काठमाडौं। बुढानीलकण्ठ विदे विद्याश्रम गुरुकुल व्यवस्थापन गर्ने उद्देश्यका साथ बुढानीलकण्ठ मन्दिर परिसरमा हरिवोधनी एकादशीको अवसर पारेर श्रीमद् भावगत महायज्ञ आयोजना गरिएको छ। सो अवसरमा शनिबार कलश यात्रा गरियो।

पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले श्रीमद् भागवत महायज्ञको उद्घाटन गरेका छन्। श्रीमद् भागवत महायज्ञ कात्तिक २४ गतेदेखि ३० गतेसम्म सञ्चालन हुनेछ।

बुढानीलकण्ठ मन्दिर दशनामी मठका मठाधीश्वर १००८ स्वामी निगमानन्द गिरीजी महाराजको सत्संकल्प तथा संरक्षणमा वाचन प्रवीण अच्युत खनालको प्रमुख वाचन एवं पण्डित बिपिन कृष्ण शास्त्री वाचनमा हुने संगीतमय भागवत महायज्ञको उद्घाटन कांग्रेस सभापति देउवाले शनिबार गरेका हुन्।













No ads found for this position
प्रतिक्रिया


Facebook Comment