कवाडी व्यवसायको दर्ता र नवीकरण गर्न महानगरको आग्रह

डिसी नेपाल
३० कार्तिक २०८१ १८:०५
36
Shares

काठमाडौं। काठमाडौं महानगरपालिले महानगर भित्र सञ्चालनमा रहेका कवाडी व्यवसायहरूको दर्ता वा नवीकरण गर्न आग्रह गरेको छ।

महानगरले एक सूचना प्रकाशित गर्दै महानगरपालिकाको आर्थिक ऐन, २०५१ मा कवाडी सङ्कलन केन्द्र आवासीय क्षेत्रबाहेकका स्थानमा मात्र संचालन गर्नुपर्ने जानकारी दिएको छ।

महानगरले चालू आर्थिक वर्ष २०८१/८२ देखि महानगरपालिका क्षेत्र भित्रका आवासीय केन्द्रमा दर्ता र नवीकरण नहुने र आवासीय क्षेत्र बाहेकमा मात्र दर्ता/नवीकरण हुने हुँदा सोही अनुसार आफ्नो कवाडी व्यवसाय सञ्चालन गर्न महानगरपालिका भित्रका सम्पूर्ण कवाडी व्यवसायीहरूलाई यसै सूचनाद्वारा जानकारी गराएको छ।

साथै सम्पूर्ण वडा कार्यालयहरूले समेत सूचना बमोजिम आवश्यक कार्य गर्नु गराउन अनुरोध गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *