सिकलसेल उपचारका लागि सेवा विस्तार

डिसी नेपाल
३ मंसिर २०८१ १४:०७
32
Shares

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सिकलसेल एनिमियाको उपचारका लागि सेवा विस्तार गरिएको बताएका छन्।

वर्षौंदेखि थारु समुदायले दु:ख भोग्दै आएको प्रमुख स्वास्थ्य समस्या सिकलसेलको उपचारका लागि दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बेग्लै वार्ड स्थापना गरिएको मन्त्री पौडेलले बताएका हुन्।

‘यससँगै देशमा सिकलसेल उपचार हुने वार्डसहितको अस्पताल संख्या २ पुगेको छ। यसअघि भेरि अस्पताल नेपालगञ्जमा यस्तो वार्ड सञ्चालनमा ल्याउने व्यवस्था मिलाइसकेका छौं,’ पौडेलले सामाजिक सञ्जालमार्फत भनेका छन्।

१२ प्रतिशत थारु जनसंख्या प्रभावित यस समस्याको प्रभावकारी उपचारका थप उपायको खोजी गरि कार्यान्वयनमा लैजाने प्रतिबद्धतासमेत उनले जनाएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *