मनोरम दृष्यावलोकन गर्दै कान्ति राजपथको यात्रा (तस्बिर)
काठमाडौं। बिक्रम संम्वत् २०११ सालमा राजा महेन्द्रले निर्माण गर्न लगाएको कान्ति राजपथ मोफसललाई राजधानी जोड्ने बैकल्पिक सडकमार्ग हो। सातदोबाटोबाट ८३ किलोमिटर यात्रा गरेपछि हेटौंडामा पुगिने यो राजमार्गमा यात्रा गर्दा प्राकृतिक सुन्दरताको भरपुर आनन्द लिन सकिन्छ।

यतिबेला यो राजमार्ग हेटौंडा हुँदै बारा, रौतहट पर्सा जाने गतिलो बैकल्पिक मार्ग बनेको छ। असोज महिनामा परेको अबिरल बर्षापछि सो सडक हुँदै गुड्ने सवारी साधनको संख्यामासमेत बृद्धि भएको छ।

यो सडक हुँदै यात्रा गर्दा मकवानपुर बढीको अवलोकन गर्न सकिन्छ। साथै नेपाली सेनाले निर्माण गरिरहेको फाष्ट ट्रयाक र सुरुङ मार्गको दृष्यसमेत देख्न सकिन्छ। टीका भैरव , सिस्नेरी, कुलेखानी हुँदै हेटौंडा जान कान्तिपथ राजमार्ग उपयुक्त बिकल्प हो।







No ads found for this position
प्रतिक्रिया


Facebook Comment