मकवानपुरमा साथीलाई साबेलले हिर्काएर हत्या
हेटौंडा । मकवानपुरमा साथीबाटै एक जनाको हत्या भएको छ। आफ्नै घरमा सुतिरहेका साथीलाई साबेलले हिर्काएर मनहरी गाउँपालिका(६ प्रतापुर लच्का घर भएका अम्मरबहादुर लोप्चनले ५० वर्षीय जीतबहादुर मोक्तानको हत्या गरेका हुन्।
आज बिहानपख साढे एक बजेको समयमा अम्मरबहादुरले आफ्नै घरमा सुतिरहेका मोक्तानलाई साबेलले हानेर हत्या गरेको प्रहरीले जनाएको छ।
टाउको र खुट्टामा चोट लागेर गम्भीर घाइते भएका मोक्तानको उपचारको क्रममा भरतपुर अस्पताल चितवनमा आज बिहान साढे ३ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
उनले सुतिरेका मोक्तानमाथि एक्कासी साबेल किन प्रहार गरे भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया
धेरै पढिएको.
No trending news available right now.







डिसी नेपाल








Facebook Comment