आयुमीको ‘आफैंलाई’ गीत सार्वजनिक

डिसी नेपाल
१६ मंसिर २०८१ १२:४१
132
Shares

काठमाडौं। अष्ट्रेलियालाई कर्मभूमि बनाइरहेकी आयुमी तामाङले आफ्नो नयाँ सांगीतिक कोसेली ‘आफैंलाई’ सार्वजनिक गरेकी छन्।

आर्मी अफिसर्स क्लबमा शनिबार एक कार्यक्रमकाबीच उनले आफ्नो उक्त गीतको ‘भिडियो’ सार्वजनिक गरेकी हुन्। सार्वजनिक गीतमा शब्द र संगीत पनि आयुमीकै छ।

गीतको भिडियो थोमसको निर्देशनमा तयार गरिएको हो। भिडियोमा गायिका तामाङले अभिनेता कुन्साङ बम्जनसँग अभिनय गरेका छन्। आयुमी दुई वर्ष अगाडि ‘जाने भए’ बोलको गीत सार्वजनिक गर्दै नेपाली संगीतमा प्रवेश गरेकी थिइन्।

संगीततमा उनी आफ्नो परिवारको तेस्रो पुस्ता छन्। उनकी हजुरआमा धनमाया तामाङ गण्डकी क्षेत्रका चर्चित ठाडी भाका, ढिलो भाका तथा दाँइ गीतजस्ता गीतकी लोकगायिका थिए भने बाजे लोकबहादुर तामाङ लोकगायक थिए।

आयुमाका बाबु आशबहादुर तामाङ रचनाकार, लोक गीत संकलकका रुपमा परिचित छन्। नयाँ गीतका बारेमा बोल्दै आयुमीले ‘आफैं’लाई प्रेम वा बिछोडको नभई आशावादी गीत भएको बताइन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *