हिमाल राईको ‘छेकामारी’ गीतको म्युजिक भिडियो सार्वजनिक
काठमाडौं । गायक हिमाल राईले नयाँ गीत ‘छेकामारी’ सार्वजनिक गरेका छन्।
किरात भाकामा आधारित गीतमा राजन मुकारुङको शब्द र विक्रम राईको संगीत छ। गीतलाई देवेश राईले एरेन्ज गरेका हुन्।

प्रेमिकाको वर्णन गरिएको गीतको भिडियोमा दिलेन्द्र मुकारुङ, ईशा आङदेम्बे, मोहन मगर, टीकाबहादुर मगर, राज खिम्दिङ लिम्बू र सविन शंकरको अभिनय छ। गीतलाई ‘हिमाल राई अफिसियल’ युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ।
‘छेकामारी’ भिडियोलाई जीवन मुकारुङले छायांकन तथा सम्पादन गरेका हुन्।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment