ज्यान मुद्धामा फरार प्रतिवादी १५ वर्षपछि पक्राउ
काठमाडौं। कर्तव्य ज्यान मुद्धामा फरार प्रतिवादी १५ वर्षपछि पक्राउ परेका छन्। २०६७ साल असोज २० गते दोलखाको गैरीमुदी गाविस–३ का वीरबहादुर तामाङको हत्या गरी फरार रहेकी कमला गोले तामाङलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले आज काठमाडौंको गोकर्णेश्वरबाट पक्राउ गरेको हो।
निज गोलेले वीरबहादुरलाई खुकुरी प्रहार गरी हत्या गरेको मुद्दामा सर्वोच्च अदालतले २०७२ साल भदौ ११ गते १२ वर्ष कैद ठहर गरेको थियो। दोलखाको वैतेश्वर गाउँपालिका–१ बस्ने ४७ वर्षीया कमला कर्तव्यलगत्तै फरार भएकी प्रहरीले जनाएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment