माघ ५ गतेबाट देशभर एक्टर
काठमाडौं। बिभिन्न स्थानहरुमा भएको बिशेष प्रदर्शनमा अत्याधिक रुचाईएको चलचित्र ‘एक्टर’ आगामी माघ ५ गतेबाट देशभर एक साथ प्रदर्शनमा आउने भएको छ।
आधुनिक परिवेश, प्रेम, रोमान्स, मनोरञ्जनपुर्ण चलचित्र ‘एक्टर’ मा प्रिन्स थापा, कशिस दाहाल, सरोज खनाल, शिबु शाह, मनिषा पाण्डे, निशा केसी भण्डारी, महेन्द्र मैनाली लगायतका कलाकारको अभिनय छ भने चलचित्रमा सम्राट थापाको कथा तथा संगीत रहेको छ।
बरिष्ट टिभि पत्रकार मनोहरी थापा निर्माता रहेको चलचित्रमा सम्राट बस्नेतको द्वन्द्व, माइकल चन्दको नृत्य, युवराज राई र डम्बर राईको छायाँकन, कविराज गहतराजको कोरियोग्राफी, मदन घिमिरेको निर्देशन रहेको छ। नेपाल डाइस्पोरा इन्टरटेनमेन्टको प्रस्तुति रहेको ‘एक्टर’ नायक प्रिन्स थापाको डेब्यु चलचित्र हो।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment