टिपर दुर्घटनामा चालकको मृत्यु

डिसी नेपाल
२१ मंसिर २०८१ २२:३८
80
Shares

बागमती। काठमाडौं–तराई मधेस द्रूतमार्ग (फास्ट ट्रयाक) सडकखण्डअन्तर्गत मकवानपुरको बकैया गाउँपालिका–५ झाँक्रीडाँडा नजिकै आज टिपर दुर्घटना हुदाँ चालकको मृत्यु भएको छ।

बकैयाको हात्तीसुँडेबाट फास्ट ट्रयाकको बाटोका लागि ग्राभेल लोड गरी जाँदै गरेको ना ८ ख २४३० नम्बरको टिपर आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा त्यसैमा च्यापिएर चालकको मृत्यु भएको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा चितवन घर भएका ४२ वर्षीय सानु लो तामाङ रहेका जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *