सबन्धबिच्छेदको ७ बर्ष हलिउड अभिनेत्री बिना बाबु आमा बन्दै

डिसी नेपाल
२२ मंसिर २०८१ ९:३०
420
Shares

म्याड्रिड। हलिउडकी चर्चित कलाकार जोनी डेपकी पूर्वपत्नी एम्बर हर्ड दोस्रो पटक आमा बन्न लागेकी छिन्। चाँडै नै उनीहरूको घर खुसीले भरिने भएको छ। अभिनेत्री स्वयंले यो खुसीको खबर आफ्ना फ्यानहरुलाई सेयर गरेकी छिन्। ३८ वर्षीया एम्बर हर्ड पहिले नै एक बच्चाकी आमा भइसकेकी छिन्।

उनी आफ्नो पहिलो सन्तानसँग स्पेनमा बस्दै आएकी छिन्। अब एम्बर आफ्नो दोस्रो सन्तानको लागि उत्सुकताका साथ पर्खिरहेकी छिन्। चाखलाग्दो कुरा के छ भने यसपटक पनि एम्बर हर्ड बिना विवाह आमा बन्दैछिन्। उनी अहिले एकल महिला हुन्।

मिडिया रिपोर्टका अनुसार एम्बर हर्डको गर्भावस्थाको खबर उनको प्रतिनिधिले सेयर गरेको छ। पिपल म्यागजिनलाई दिएको अन्तर्वार्तामा उनले भनिन्, ‘यो गर्भावस्थाको सुरुवात मात्र हो, यसैले हामी यसको बारेमा धेरै जानकारी साझा गर्दैनौं।’ उनका अनुसार एम्बर आफ्नो र आफ्नो पहिलो बच्चाको लागि धेरै खुसी छिन्।

जोनी डेप र एम्बर हर्डले सन् २०१५ मा विवाह गरेका थिए भने २०१७ मा दुवैको सम्बन्धविच्छेद भएको थियो। दुबैको डिभोर्स निकै हाई प्रोफाइल थियो, जसले धेरै हेडलाइन्स बनाएको थियो। जोनी डेपसँग सम्बन्धविच्छेद भएपछि एम्बर हर्ड सन् २०२१ मा पहिलो पटक आमा बनिन् । उनीहरुको पहिलो सन्तान सरोगेसीको माध्यमबाट जन्मिएको थियो।

आफ्नो पहिलो सन्तानलाई स्वागत गरे पछि एम्बर हर्डले प्रशंसकहरूसँग यो खुसीको खबर साझा गरेकी हुन ।इन्स्टाग्राममा एक पोस्ट सेयर गर्दै उनले लेखेकी छिन्, ‘चार वर्षपछि मैले बच्चा चाहन्छु भन्ने निर्णय गरें । म यो बच्चा मेरो सर्तमा चाहन्थे। अब मैले बुझें कि महिलाहरूले आफ्नो भाग्यको यो आधारभूत भाग रोज्नु कति क्रान्तिकारी छ।’

‘एक्वाम्यान’ अभिनेत्रीले थप लेखेकी छिन्, ‘मलाई आशा छ कि हामी महिलाहरु यस्तो बिन्दुमा पुग्नेछौं, जहाँ बच्चाको लागि औठी नबनाउनु वा विवाह नगर्नु सामान्य मानिनेछ र उनले आफ्नो पहिलो बच्चा एक्लै हुर्काइरहेकी छिन्। अब अभिनेत्रीले आफ्नो पहिलो सन्तानलाई स्वागत गर्नेछिन्। यो खुसीको खबरपछि उनका फ्यानहरुले पनि उनलाई बधाई दिइरहेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *